सडकमा ‘विप्लव’, धमाधम पक्राउ पर्दै नेता कार्यकर्ता
काठमाडौं–सरकारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिष्ट पार्टी सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ ।
भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव नेकपाका नेता कार्यकर्तासमेत सीमा अतिक्रमणविरुद्ध सडक प्रदर्शनमा उत्रिएका हुन् ।
प्रदर्शनमा उत्रिएका सो पार्टीका नेता कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउसमेत गर्न थालेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ । यो समाचार महेश्वर गौतमले लेखेका हुन् ।