फिल्म ‘दबंग ३’ को ‘मुन्ना बदनाम हुँवा’ बोलको गित सार्वजनिक
एजेन्सी–सलमान खानको फिल्म ‘दंबग–३’ को ‘मुन्ना बदनाम हुवा’ बोलको गित सार्वजनिक भएको छ । शो फिल्मले ‘मुन्ना बदनाम हुवा’ भन्ने गितको अडियो रिलिज गर्दै फिल्मको रहस्योद्घाटन गरेको हो । यस फिल्मको पहिलो सिक्वला भएको मुन्नी बदनाम हुई भन्ने गीतले राम्रो चर्चा पाएको थियो र यस गीतले पनि राम्रै चर्चा पाउने अनुमान निर्माण टिमले गरेको छ ।
‘मुन्नी बदनाम हुई’ गीतको सफलतालाई यसपटक तेश्रो श्रृखंला प्रयोग गर्ने प्रयास स्वरूप यो गीत बनाइएको बताइएको छ । साजिद वाजिदको संगीत रहेको उक्त गीतमा ममता शर्मा, बादशाह र कमाल खानको स्वर रहेको छ।
४.६ सेकेण्ड लामो यस गीतको भिडियो कहिले रिलिज हुन्छ भन्ने कुरा भने खुलाएको छैन । यस फिल्ममा जम्मा ४ ओटा गीत रहेको छ । फिल्म ‘दबंग ३’ डिसेम्बर २० मा रिलिज हुँदैछ।