प्रहरी चौकीमा विष्फोट, कति भयो क्षति ?

मंगलबार, २६ कार्तिक २०७६

रौतहट – रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको छ । घटनामा एक प्रहरी जवान घाइते भएको जनाइएको छ । एक भारतीय नागरिक पनि पक्राउ परेका छन् ।

रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले घटनाबारे सूचना प्राप्त भए पनि पुष्टि भइसकेको बताए । उनले भने, ‘चौकी सीमा क्षेत्रमा पर्छ । सञ्चार सेटमा सूचना आएको छ । थप विवरण लिने प्रयास गरिरहेका छौं ।’

घटनास्थलतर्फ जिल्लाबाट थप मद्दतको टोली पनि पठाइएको जनाइएको छ ।