मेगा एजुकेशन फेयर साँच्चिकैको मेगा (फोटो फिचरसहित)

मंगलबार, २६ कार्तिक २०७६

काठमाडौं – आजदेखि छैटौं मेगा एजुकेशन फेयर सुरु भएको छ । वान अप कम्युनिकेशनको आयोजनामा काठमाडौंको दर्बारमार्ग स्थित होटल अन्नपूर्णमा आजदेखि फेयर सुरु भएको हो ।

विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई लक्षित गरि फेयरको आयोजना गरिएको बताइएको छ । भोलीसम्म चल्ने मेलामा अस्ट्रेलिया, न्युजिल्याण्ड, अमेरिका र वेलायत लगायतका विश्वविद्यालय तथा कलेजहरुको सहभागिता रहेको छ । विदेशमा अध्ययनका लागि विद्यार्थीहरुलाई सहि परामर्श दिनका लागि मेलाको आयोजना गरिएको वान अपले जनाएको छ ।

मेलामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ ।