प्रेरक प्रसंगः सफलताको रहस्य

बुधबार, २७ कार्तिक २०७६

काठमाडौं–सफलताको प्राप्त गर्नमा मनको सबैभन्दा ठूलो योगदान रहेको हुन्छ । यदि तपाईको मनले संकल्प नै लिदैन भने तपाईले के गर्न सक्नुहन्छ ? मनलाई मजबुत र सैकल्पवान बनाउनको लागि सधै मनमा सुबिचार राख्नु आवशय हुन्छ । सुविचारले नै तपाईलाई स्वस्थ राखछ र तपा्ईको व्यक्तित्वलाई आकर्षक बनाउँछ । अभ्यार गरेर हेर्नुहोस् । सुविचारले केहि दिनमा नै तपाईको व्यक्तित्व चम्किने छ । सन्तुलित व्यक्तित्वको रहस्य थाहा पाएपछि मानसिक तनावको दराब प्रभावबाट बच्नु कठिन कार्य होइन ।

यदि तपाईले आफ्नो मनमा सौहार्दपूर्ण भाव राख्नुभयो भने तपाईले कुनै विपत्ति या संकटबाट डराउन आवशयक छैन । जसरी सूर्योदयले अन्धकार नष्ट हुन्छ, त्यसरी नै राम्रा विचारको उदयले मन पूर्णरुपले स्वस्थ हुन्छ । तपाईकेबल शुद्ध र परिमार्जित विचारलाई मात्र आफ्नो मनमा स्थान दिनुहोस् ।जब मनमा खराब विचार आउन थाल्छ तपाई त्यसलाई बलपूर्वक आफ्नो मनबाट निकालिदिनुहोस् । त्यसलाई दबाउनुहोस् । यस प्रकार हामी मनलाई सैयमित गरि आफ्नो स्वास्थ्यलाई राम्रो अवस्थामा राख्न सक्छौँ ।

हाम्रो शरीरको उदगम स्थल हाम्रो मन हो । यसकारण हाम्रो शरीरको बिरामीको उपचार गर्दा सर्वप्रथम मनको उपचार गर्नु आवश्यक हुन्छ । चिन्ताको उपचार खुशी हो । झूठको उपचार सच्चाई हो । तपाई आफ्नो मनलाई चिन्ने कोशिश गर्नुहोस्, त्यसको शक्तिलाई बुझ्ने कोशिश गर्नुहोस् । एक पटक तपाईले मनको शक्तिलाई चिन्न सक्नुभयो भने तपाई शायदै विरामी हुनुहुन्छ । विरामी पर्नुभयो भने पनि तपाई साधरण उपचारले स्वस्थ हुन सक्नुहुनेछ । एक पटक मनको सहस्यलाई जानेपछि चिन्ता, संकट मनमा रहदैन । प्रत्यक असल विचारले मस्तिष्कलाई दृढ बनाउँछ । तपाईले यसको लागि अभ्यास गरेर हेर्न सक्नुहुनेछ ।

एक पटक कसैले अब्राहम लिंकनसित सोधे । ‘तपाईको सफलताको रहस्य के हो ?’ लिंकनको उत्तर थियो, ‘म आफ्नो व्यक्तित्वलाई सदैव प्रफुल्ल राख्छु । यसको आधार हो मानसिक सन्तुलन । मैले आफ्नो मनलाई नियन्त्रणमा राखेको छु , म सदैव आशा र उत्साहपूर्वक रहन्छु । दुश्चिन्ताले घेर्नेवित्तिकै म सुखद कल्पना गर्न थाल्छु । म स्फूर्ति संचार हुने कल्पना गर्छु । मेरो सफलताको रहस्य मेरो मानसिक नियन्त्रण हो ।

लिंकनको उपर्युक्त जवाफ उनको मात्र सफलताको आधार नभएर हामी सबैको सफलताको रहस्य हो । यस सिद्धान्तलाई अप्नाएर मानिसले आफ्नो जीवन सफल बनाउन सक्छ । उसले आफ्नो व्यक्तित्वमा निखारता ल्याउन सक्छ ।