माछा मार्न जादाँ आफै शिकार

बुधबार, २७ कार्तिक २०७६

नवलपरासी– पश्चिम नवलपरासीमा माछा मार्न जादाँ करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मङ्गलबार मृत्यु भएको हो ।

घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुराखोलामा माछा मार्ने क्रममा एक्कासी उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

करेन्ट लागेर सोही ठाउँका २६ वर्षीय शङ्कर विक घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।