शिक्षामन्त्री नै मेडिकल माफिया ! खुल्यो पोल

बिहिबार, २८ कार्तिक २०७६

काठमाडौं – मेडिकल माफियाका विरुद्धमा विद्यार्थीहरु सडकमा छन् । गैरकानुनी रुपमा मेडिकल कजेजहरुले शुल्क असुलेको भन्दै विद्यार्थीहरु परिक्षासमेत नदिने गरि आन्दोलनमा होमिएका छन् । उनीहरको एक सुत्रिए मात्र भनेको आफूहरुबाट असुले पैसा फिर्ता गराउँ भन्ने हो ।

अघिल्लो वर्षको असोजमा सरकारले मन्त्रिपरिषद्को बैठकबाट मेडिकल शिक्षामा अधिकतम शुलको तह निर्धारण गरिदिएको थियो । मन्त्रिपरिषद्को निर्णय अकाट्यवा भनौँ वा अन्तिम निर्णय हो । उसले बाहेक अरुले त्यसलाई अन्यथा गर्न मिल्दैन ।

तर मेडिकल कलेजहरुले अन्यथा गरे । बितेको पूरै वर्ष उनीहरुले त्यो निर्णय मानेनन् । विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी असुलिएको रकमको रकमको अंक ३ अर्बभन्दा बढी भएछ । तर पनि यस्तो असुली रोकिएन, सरकारले लगाएको कानुन मानिएन । यहीँबाट हो विद्यार्थी सडकमा उत्रिएका ।

सरकारको निर्णय जो सर्वसाधरणको सरोकारसँग सम्बद्ध छ, निर्णय भएकै क्षणबाट लागु हुनुपर्ने हो । लागु नगर्नेमाथि कारबाही गर्नुपर्ने हो । यी दुवै कुरा भएनन् ।

यस्तो किन त ? सर्वसाधरणलाई लुट्ने छुट यी कलेजलाई कसले दियो ? हरेकका मनमा यी प्रश्न उठिरहेका थिए । पछिल्लो समय शिक्षामन्त्रिले जवाफ दिए– त्यो गर्नेहरु त उनका ‘साथीहरु’ रहेछन् । साथिहरुको मतलव मेडिकल कजेजहरुमा शिक्षा मन्त्री गिरिराजमणि पाखरेलको पनि लगानी छ ।

सरकारले त्यस्तो निर्णय गरेको १३ औँ महिना पछि २५ कात्तिकमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले आफ्ना साथिहरुलेनै मेडिकल चलाएको बताएका थिए । त्यसदिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शुल्क समायोजन गर्न मेडिकल कलेजहरुलाई १५ दिनको ‘अल्टिमेटम’ दिए । हेर्दा यो कडा जस्तो लाग्छ । तर १५ दिनमा फिर्ता वा समायोजन नगरे के हुन्छ । उनका अनुसार ठगि मुद्दा चलाइन्छ ।

सरकारले तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरुलाई अन्तिम पटक १५ दिनको म्याद दिइन्छ र तोकिएको समयसीमाभित्र शुल्क समायोजन नगरे ठगी मुद्दा चलाउने भनियो । त्यस दिन पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले अबको १५ दिनभित्र शुल्क समायोजन गर ठगी धन्दामा नफस्न सम्बन्धित मेडिकल कलेजहरुलाई अनुरोध नै गरेका थिए । त्यस दिनको उनको यो भनाई कति नरम थियो भने यसअघि गरिएको यति ठूलो रकम ठगीको छुटलाई संक्रमणकाल भनिदिए । अर्थात यस्तो काम जे पनि गर्नु अपराध होइन ।

यहाँबाट पुुष्टि हुन्छकी मेडिकल माफियाहरुसँग मन्त्री पोखरेलको साँढघाट मात्र हैन् उनी आफैको लगानी छ । डा. गोविन्द केसी र मेडिकल विषय अध्ययन गर्ने विद्यार्थीहरुले बारम्बार आन्दोलन गर्दापनि समस्याको समाधान नहुनुको रहस्य मन्त्री आफै माफिया भएको खुलेको हो ।