प्रधानमन्त्री ओली फेरी अस्पताल भर्ना
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली फेरी अस्पताल भर्ना भएका छन् । उनको मृर्गौलाको डायलाइसिसका लागि अस्पताल भर्ना भएका हुन् ।
राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा शनिबार प्रधानमन्त्री ओलीको डायलाइसिस गर्न लागिएको बालुवाटार निकट स्रोतको भनाई छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गराएका थिए ।