अक्षय कुमारको हरर फिल्मको रिमेकमा तेलुगु अभिनेत्री
एजेन्सी–अक्षय कुमारले हरर फिल्मको रिमेक बनाउँदै छ । उनको अहिले बक्स अफिसमा निक्कै नै चर्चा भएको छ । उनले यस वर्ष मात्रै भारतलाई ३ ओटा सुपरहिट फिल्म दिइसकेका छन् । त्यसैगरि उनको चौथो फिल्मको चर्चा पनि हुन थालेको छ । उनले एक साउथ इन्डियन हिट हरर फिल्मको रिमेक बनाउँदै छन् ।
उक्त फिल्म अक्षय आफैले निर्माण गर्नेछन् । फिल्मको मुख्य भूमिकामा भूमि पेडनेकर र आर माधव फाइनल भइसकेको छ । यसैगरि यस फिल्ममा तेलुगु अभिनेत्री अनुष्का सेट्टीको पनि मुख्य भूमिका रहनेछ ।
यो फिल्मको पहिलोे रिमेक निर्देशन गरेका निर्देशक अशोकले नै यस फिल्मको निर्देशन गर्दैछन् । यो फिल्मको पनि निर्देशन गर्नेछन् तेलुगु निर्देशन अशोक।
भूमि र अक्षय कुमारले यसअघि एक प्रेमकथामा आधारित रहेको ‘ट्वाइलेट’ फिल्ममा अभिनय गरेका थिए । तेलुगु नायिका अनुष्का सेट्टी फिल्म बाहुबलीमार्फत चर्चामा आएकी थिइन् । उनी तेलुगु फिल्म उद्योगकी चर्चित अभिनेत्री पनि हुन् ।