आजै मन्त्रीमण्डल पुनर्गठन हुने, को–को बन्दैछन् मन्त्री ? नामावली सहित
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् । सरकारको कामलाई प्रभावकारी बनाउनका लागि केही मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्रीहरुलाई आजै सपथ खुवाइने भएको छ । ।
आइतवार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनबारे लामो छलफल गरेको थियो । छलफलले पूर्णता नपाएपछि आज फेरी बैठक बसेर नयाँ मन्त्रीहरुको नाम टुङ्ग्इने नेकपाका एक सचिवालय सदस्यले बताए ।
४ जनाको नाम सर्वसम्बत भएपछि अरु क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुरा नमिलेपछि आइतबारको बैठक निर्णयमा नपुगी स्थगित भएको थियो । एक सचिवालय सदस्यका अनुसार केही नामको विषयमा विवाद भएका कारण आजको हिजोको बैठकले पूर्णता नपाएको हो ।
स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेल र जनार्दन शर्मालाई मन्त्री बनाउने विषयमा सहमति भएको छ ।
यी बाहेक छविलाल विश्वकर्मा, पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर यादव, प्रेमबहादुर आले, किसान श्रेष्ठ, यज्ञराज सुनुवार र पार्वत गुरुङ लगायतका नेताहरुका विषयमा छलफल भइरहेको छ । आजै सबैमन्त्रीहरुको नाममा टुङ्गो लागिसक्ने नेकपा निकट श्रोतको दावि छ ।