जाग्दै जनकपुर
जनकपुर–केही वर्षसम्म जनकपुरधाममा व्यापारिक चहलपहल खुबै हुन्थ्यो । भारतको जयनगरबाट धनुषाको सदरमुकाम जनकपुरसम्म चल्ने रेल सेवा स्थानीय व्यापारीका लागि व्यवसायको प्रमुख कोरिडोर नै थियो । त्यति बेला भारतीय बजारबाट खाद्यान्नसहति लत्ताकपडा लगायत सामग्री खरीद गरी त्यहाँका व्यवसायीले खुद्रा व्यापारी र नागरिकलाई बेच्ने गर्दथे ।
जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुँदाको बखत स्थानीइ उद्योगी/व्यवसायीको दबदबा थियो , जनकपुरमा । तर, पछिल्लो समय रेलसेवा बन्द भएपछि जनकपुर क्षेत्रको व्यापार व्यवसायमा ठूलो धक्का लागेको छ ।
तर, केही दिनपछि सुरु हुने भनिएको रेल सेवाले जनकपुरका व्यापारीहरुलाई जनकपुरमा व्यापारिक पुनर्जागरण हुने आशा पालाएको छ । उक्त समाचार आजको आर्थिक अभियानमा प्रकाशित छ । यो समाचार कमलेश ठाकुरले लेखेका हुन् ।