आलमको वहस गर्ने वकिल विरुद्ध सर्वोच्चमा मुद्धा
काठमाडौं– इँटाभट्टामा जिउँदै मान्छे जलाएको अभियोग लागेका कांग्रेस नेता आफताब आलमको बहस गर्ने वकिल विरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता शम्भु थापालाई आफ्नो मुद्दाको बहस पैरवीका लागि नियुक्त गरेका बैतडीका दीपेन्द्रबहादुर चन्दले आलमको पक्षमा बहस गरेको भन्दै थापालाई त्यसबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।
नेपाल प्रहरीमा कार्यरत एक प्रहरी जवानले १६ वर्षमा नै पेन्सन पाऊँ भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उत्प्रेषणयुक्त आदेशको माग गर्दै दायर मुद्दामा वादीका तर्फबाट बहस गर्न थापा कानून व्यवसायीका रूपमा नियुक्त भएका थिए । तर चन्दले अधिवक्ता थापाले इँटाभट्टामा जिउँदै मान्छे जलाएको अभियोग लागेका कांग्रेस नेता आफताब आलमलको बहस गर्ने घोषणा गरेपछि विश्वास घटेको भन्दै सर्वोच्चमा निवेदन दिएका हुन् । समाजले नै बहिस्कार गर्न खोजेको व्यक्तिलाई कानून व्यवसायी राख्दा आफूलाई ग्लानी भएको उनले निवेदनमा लेखेका छन् ।