विपिनको फिल्म ‘सेल्फी किङ’ को फस्ट लुक यस्तो

मंगलबार, ३ मंसिर २०७६

काठमाडौं – अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहको फिल्म ‘सेल्फी किङ’ को फस्ट लुक सार्वजनिक भएको छ । यस वर्ष चर्चामा रहेका फिल्ममध्ये यो फिल्म पनि एक हो ।

निर्माण टिमले माघ २४ गते लाई प्रदर्शन मिति तोक्दै विपिनको चरित्र झल्किने फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गरेको छ । यस फिल्म विशाल सापकोटाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन फिल्म पनि हो ।

कमेडी कथामा आधारित यो फिल्ममा विपिनले एक हास्यकलाकारको भूमिका निभाएका छन् । फिल्मको अभिनयमा विपिनलगायत लक्ष्मी बर्देवा, भुवन चन्द, लोकमणि सापकोटा, अभय बराल र कमल देवकोटालाई देख्न सकिन्छ । अघिल्लो वर्ष फिल्म ‘प्रसाद’ निर्माण गरेका सुभाष थापा र निर्देशन गरेका दिनेश राउतको संयुक्त लगानीमा यो फिल्म निर्माण भएको हो ।