वीपिनको यस्तो रुप !चलचित्र‘सेल्फी किङ्ग’मा

मंगलबार, ३ मंसिर २०७६

नेपाली कथनाक चलचित्र ‘सेल्फी किङ्ग’ पोष्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति समेत तय गरेको छ । माघ २४ मा प्रदर्शन हुने चलचित्रमा अभिनेता वीपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको छ ।

मंगलबार बिहान निर्माण पक्षले वीपिनको पोष्टर सार्वजनिक गरेको हो । पोष्टरमा वीपिन ‘मपाईं’ स्वरूपमा चित्रित छन् । ‘सेल्फी किङ्ग’ नामले परिचित एक चर्चित हाँस्य कलाकार (टेलिभिजन)ले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीचको सन्तुलन मिलाउन गर्ने संघर्ष  चलचित्रमा देखाइनेछ

ड्रामा र कमेडीको फ्युजन चलचित्रलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन् । शीर्ष भूमिकामा वीपिन कार्की सँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहने छ । अभिनेत्री केकी अधिकारीले एक गीतमा अभिनय गरेकी छिन् ।

गत वर्षको सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण चलचित्रमा विशालकै लेखन रहेको छ ।