सबै मन्त्रीहरुलाई हटाउने तयारीमा प्रधानमन्त्री ओली, मन्त्रीहरुलाई दिए यस्तो निर्देशन

मंगलबार, ३ मंसिर २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सबैजना मन्त्रीहरुलाई हटाउने भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले सबैजना मन्त्रीहरुलाई हटाउने जानकारी दिएका हुन् ।

उनले बुधबारको कार्यक्रममा कसैलाईपनि सार्वजनिक कार्यक्रममा नजान उर्दि जारी गरेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक राखेर भोलि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भइरहेकाले कोही पनि सार्वजनिक कार्यक्रममा नजान भनेका हुन् । बैठकमा उनले भने, ‘कोही दोहोरिनु होला, कोही बाहिरिनु होला, कसैले पनि अन्यथा नलिनुहोला ।’

प्रधानमन्त्रीले नयाँलाई अवसर दिनुपर्ने भएकाले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको स्पष्ठिकरण समेत दिएका छन् ।