नेकपा सचिवालय निर्णय : अब प्रचण्डले पार्टी ‘कमान्ड’ समाल्ने

बुधबार, ४ मंसिर २०७६

नेकपा सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सरकारको काम गर्ने र प्रचण्डले पार्टीको काम गर्नेगरी सचिवालय बैठकले जिम्मेवारी बाँडफाड गरेको हो । लामो समयदेखि चर्चा रहे पनि प्रचण्डलाई सचिवालय बैठकले कार्यकारी अधिकारी दिएको थिएन् । बुधबारको बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार अब नेकपा सचिवालय बैठकको अध्यक्षतासमेत प्रचण्ड स्वयम्ले गर्नेछन् ।