स्रोतका अनुसार अहिलेसम्म कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ । यस्तै पूर्व एमालेबाट महिला बालबालिकामन्त्री भएकी थममाया थापा पनि हट्ने पक्का भएको छ ।
पूर्व एमालेबाट अरु केही मन्त्री हट्ने भनिए पनि टुङ्गो लागेको छैन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टमध्ये एक हट्न सक्ने स्रोतले जानकारी दिएको छ । नयाँ मन्त्री को–को हुने भन्ने समेत टुङ्गो लागिनसकेको स्रोतले जनाए