पूर्वमाओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको नाम टुङ्गीयो
काठमाडौं – पूर्वमाओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको नाम टुङ्गीएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको प्रचण्ड खेमाबाट मन्त्री बन्नेहरुको नाम फाइनल भएको हो ।
प्रचण्डका विश्वास पात्र लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने भएका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट एक नेता भन्छन्, ‘अन्तिम निर्णय त प्रधानमन्त्रीले गर्नुहुन्छ, तर पूर्व माओवादीको कोटाबाट उहाँहरु मन्त्री बन्ने लगभग पक्का हो ।’
माओवादी कोटाबाट मन्त्री बनेका कृषिमन्त्री चत्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हटाएर भट्ट र रायलाइ उनीहरुको ठाएमा मन्त्री बनाइने भएको हो । चौधरीको ठाउँमा कसलाई राज्यमन्त्री बनाउने भन्ने टुंगो भने अहिलेसम्म लागिसकेको छैन ।