इन्टरनेटमा सबैभन्दा धेरै खोजिने बलिउड सेलिब्रेटीहरू

बिहिबार, ५ मंसिर २०७६

एजेन्सी– विश्वव्यापी रुपमा इन्टरनेटमा सबैभन्दा बढी खोजिने बलिउड अभिनेत्री प्रियंका चोपडा बनिनेकी छिन् । भारतीय अभिनेत्री प्रियंका चोपडा फिल्म ‘द स्काइ इज पिंक’ बाट बलिउडमा फेरि फर्केकी हुन् । तर, सो फिल्मले दर्शकमाझ राम्रो छाप छोड्न भने सकेन । तरपनि प्रियंकालाई फाइदै भएको थियो ।

यो सर्वेक्षण अक्टोबर २०१८ देखि अक्टोबर २०१९ सम्म गरिएको थियो । सन् २०१९ मा प्रियंका चोपडालाई २.७४ मिलियन पटक खोजी गरिएको थियो । सर्वेक्षणको दोस्रो लिस्टमा दीपिका पादुकोण र तेस्रो नम्बरमा सनी लियोनीको नाम रहेको छ ।

त्यसैगरि बलिउडमा सबैभन्दा बढी खोजिने अभिनेता सेलिब्रेटीमा सलमान खान छन् । त्यस्तै शाहरुख खानको नाम दोस्रो लिस्टमा छ । यसैगरि अमरेश पुरी तेस्रो नम्बरमा छन् ।