मलेसियाबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण गर्न लाग्दा चरासंग ठोकियो

शुक्रबार, २२ भाद्र २०७५

भदौ २२ , काठमाडौं – नेपाल वायुसेवा निगमको सगरमाथा नाम गरेको एयरबस ३२०–२०० विमानमा चरा ठोकिएको छ। मलेसियाबाट नेपाल उडान गरेको निमको कलसाइन ९एन–एकेडब्लु विमानको पखेटामा चरा ठोकिएको हो। विमानमा चरा ठोकिए पनि कुनै ठूलो दुर्घटना नभएको र सबै यात्रु सकुसल रहेको निगमले जानकारी दिएको छ।

मलेसियाबाट आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चरा ठोकिएको हो।