मन्त्री गोकर्ण विष्ट– पदबाट बाहिरिए पछि ट्याक्सी चढेँ
काठमाडौं– पदबाट बाहिरिए पछि ट्याक्सी चढेँर मन्त्री गोकर्ण विष्ट घर गएका छन् । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले घर जादा–जादैँ आफू मन्त्री बन्नका लागि मात्रै राजनीतिमा नआएको बताएका छन् । विष्टले आफ्नो कार्यकालमा श्रमजिवीहरुको हितमा काम गरेको बताए ।
आफू देश र जनताका हितमा अग्रसर रहन राजनीतिमा आएको बताएका उनले, मैले श्रम मन्त्रालयको पदबहालीको क्रममा भनेको थिएँ, म अस्थायी पाहुना हुँ । पद क्षणिक कुरा हो, हाम्रो जीवन नै अस्थायी छ भने पद स्थायी रहने कुरै भएन ।
नेपाली श्रमिकमाथि भएका हरेक किसिमका श्रम शोषणको अन्त्य गर्न आफूले ऐतिहासिक कदम चालेको दाबी विष्टको थियो । आन्तरिक तथा वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पहल गरेको उनको भनाइ थियो ।