एडुकेयरको आयोजनामा अस्ट्रलिया एजुकेशन सम्बन्धि सेमिनार हुँदै
काठमाडौँ – एडुकेयर अवरोड कन्सल्टेन्टले अस्टे«लिया एजुकेशन सम्बन्धि ग्राण्ड सेमिनार गर्ने भएको छ ।
काठमाडौँको कालिमाटीमा रहेको एडुकेयरले यही भाद्र २३ गते शनिबारका दिन सेमिनारको आयोजना गर्ने जनाएको छ ।
सेमिनार कालिमाटीमा रहेको एडुकेयरको कार्यलयमा विहान ११ बजेदेखि दिउसो २ बजेसम्म हुने एडुकेयरका प्रबन्ध निर्देशक एस.पि भट्टराईले बताए । उक्त सेमिनारमा अस्ट्रेलियाका विभिन्न चार ओटा विश्वविद्यालय र दुई ओटा कलेजका प्रतिनिधिलाई भेट्न सकिने बताइएको छ ।
कर्टिन यूनिभर्सिटी, चाल्र्स डार्विन यूनिनभर्सिटी, फेडे्ररेशन यूनिभर्सिटी, यूनिभर्सिटी अफ सनसाइन तथा सिड्नी मेट्रो कलेज र लिड कलेजको सहभागितामा सेमिनार हुन लागेको हो ।
विद्यार्थीहरुलाई कलेजका प्रतिनिधिहरु संग भेटाएर उनिहरुलाई सहि सुचना दिन यो सेमिनारको आयोजना गरिएको एडुकेयरले जनाएको छ ।