सुनको मूल्य घट्यो, चाँदी स्थिर
काठमाडाैं–नेपाली बजारमा सुनको भाउ ३ सयले घटेको छ । शुक्रबार ३ सयले घटेर सुन तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । बिहीबार सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण स्थानीय बजारमा सुनको मूल्य घटेको महासंघले जनाएको छ । स्थानीय बजारमा सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ । आज प्रति तोला चाँदीको मूल्य ८६० रुपपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।