प्रेरक प्रसंग : सेनापति ठुलोकी सेनापतिको अभिनय गर्ने कलाकार ?

शनिबार, ७ मंसिर २०७६

काठमाडौं – जापानमा पहिलो विश्वयुद्धमा एक व्यक्ति चर्चित सेनापति बन्यो । उसको प्रसिद्धि संसार भर फैलिएको थियो । जापान त उसको पछाडि पागल नै थियो । एक युवकले त्यस समयमा आर्मीमा परीक्षा दिइरहेको थियो । उसको मनको इच्छा थियो, आफू पनि त्यस्तै चर्चित सेनापति बन्ने । ऊ लगभग सबै परीक्षामा उत्तीर्ण भयो ।

अन्तिममा पौडीको परीक्षामा उसको टाउकोमा चोट लाग्यो । ऊ फेरि फेल भयो र आर्मीबाट बहिष्कृत भयो । ऊ अति दुःखी भयो ‘किन भने त्यस्तै चर्चित सेनापति बन्ने उसको प्रबल इच्छा थियो । उसले आत्महत्या गर्ने प्रयास ग¥यो तर कसैगरी उसलाई बचाइयो ।

उसका बुबाले उसलाई अमेरिका लगे । त्यहाँ बिस्तारै ऊ नाटकहरुमा अभिनय गर्न थाल्यो । पछि त्यस सेनापतिको जीवनमाथि एउटा फिल्म बन्यो । त्यसमा उसले काम ग¥यो । उसले सेनापतिको भूमिका पायो ।

बुढो भइसकेपछि सेनापति आफ्नो जीवनमाथि बनेको उक्त फिल्म हेर्न गयो । फिल्म हेरेपछि त्यस अभिनेतालाई एउटा पत्र लेख्यो–‘मलाइ अचम्म लागेको छ । यदि मलाइ सक्कली या नक्कली सेनापति छान्नुपर्ने भयो भने तपाइलाई सक्कली भनेर छान्नेछु र म नक्कली हुनेछु ।’

युवकले त्यस पत्रलाई सम्हालेर राख्यो । यसले सोच्यो–‘मेरो तपाइँ जस्तै बन्न सकुँ भन्ने आकाङ्क्षा थियो बल्ल पुरा भयो । यदि साँच्चैको महावीर आए भने यी नक्कली महावीर रुपी साधुले उच्च अंक पाउने छन् । यदि सक्कली र नक्कली महावीरबीच प्रतियोगिता गर्ने हो भने नक्कलीले जित्नेछन् । उनले सक्कली महावीरले भन्दा धेरै अंक ल्याउनेछन् ।

नक्कली महावीर अभिनेता हुन् । अभिनेता जति कुशल हुन सक्छ त्यति नै उसलाई नक्कली मान्छे बन्न कठिन हुन जान्छ । मूलमा पुग्न गाह्रो हुन्छ किनभने अभिनेताको अभिनय देखावटी हुन्छ । सहज हुन्छ । निश्चित अभिनय गर्नुपर्ने हुन्छ । अभिनेताबाट भूलहुँदै हुँदैन । आचरण हेरेर अभिनय गरिन्छ । यही कारणले धर्मको पतन हुन्छ ।