‘तरकारीवाली’ कुसुम श्रेष्ठले गरिन् विहे
कुनै समय सामाजिक सञ्जालमा चर्चामा रहेकी ‘तरकारीवाली’ कुसुम श्रेष्ठले विवाह गरेकि छिन् ।भाइरल तरकारीवाली कुसुम श्रेष्ठले गत शुक्रबार धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेको समाचार सार्वजनिक भएको छ।
गोरखा र चितवन जोड्ने फिस्लिङको पुलमा गोलभेडाको क्रेट बोक्दै गरेकोे कुशुमको तस्विर सामाजिक सञ्जालमा छोटो समयमै भाइरल भएपछि उनी बिबिसी जस्ता अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूमा समेत छाएकी थिइन् ।
पाकिस्तानी चियावाला अरशद खानको तस्बिर भाइरल भएको केहि समयमै नेपालकी कुसुम भाइरल भएकि थिइन् ।फोटो भाइरल भएलगत्तै श्रेष्ठलाई चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, मोडलिंङ लगायत अफर आएका थिए । उनले नेपाली चलचित्र ‘लम्फु’ मा अभिनय गरेकी थिईन् ।