प्रेरक प्रसंगः शान्ति कसरी प्राप्त गर्ने ?

आइतबार, ८ मंसिर २०७६

काठमाडौं–कम्फ्युसियससँग उनका एक शिष्यले अनुरोध गरे–‘मलाई शान्त हुनु छ । त्यसको मार्ग बताइदिनुहोस् ।’

कम्फ्युसियसले भने–‘ बेकारको कुरा नगर । मरिसकेपछि तिमी पक्कै शान्त हुनेछौ । अहिले नै यत्ति हतार किन गर्छौ अहिलेलाई तिमी राम्रोसँग बाँच । चिहानमा पुगेपछि पक्कै शान्त हुनेछौ र अहिलेलाई ठीकसँग बाँच होइन भने चिहानमा पनि शान्त हुन पाउने छैनौ । किनभने त्यहाँ बाँच्न सकिदैन ।

राम्रोसँग बाँच्न सकिएन भने अशान्ति हुनेछ । मेरो हातबाट जीवन गुम्यो भनेर तिमीले पश्चाताप गर्नु नपरोस् । अहिले तिमीसँग जीवन छ त्यसैले शान्त हुन चाहन्छौ । यदि शान्त भयौ भने बाँच्न चाहनेछौ । त्यसैले बेकारको कुरा नगर । चुपचापसँग बाँच अहिले । समस्यासँग जुध । आँधीसँग लड ।’

एउटा शान्ति हुन्छ जुन आँधीबाट बचेर प्राप्त हुन्छ । समस्याबाट लुकेर प्राप्त हुन्छ । अर्को शान्ति हुन्छ जुन आँधीबाट जुधेर प्राप्त हुन्छ ।
एउटा शान्ति हुन्छ जुन समस्यासँगै आउँछ । आँधीसँगै आउँछ । अर्को शान्ति हुन्छ । जुन हुटिट्याउको जस्तो हुन्छ जसले टाउको लुकाउँछ बालुवामा । यस्तो गर्नु भाग्नु हो पलायन हुनु हो ।

थाहा छैन शिष्यहरु गुरुकहाँ किन आउँछन ? शिष्यका समस्या पुरा गर्नका लागि गुरु हुँदैनन् । गुरुले त्यहाँ हेरिरहेका हुन्छन् जहाँको बारेमा तपाइँलाई थाहै छैन । गुरुको आँखमा रोशनी छ कुनै सूर्यको । उक्त सूर्यको बिहानी अहिलेसम्म तपाइको जीवनमा आएकै छैन । गुरुले तपाईलाई आफ्नो प्रकाशमा लान चाहन्छन् ।

उनले तपाइँलाई भन्छन्–‘ तिमी आयौ ठिक छ अब छिट्टै शान्त हुनेछौ छिट्टै आनन्द पाउँनेछौ । सबै ठीक हुन्छ ।’
गूरुले पुरै समय तपाइको खुट्टामुनिको भुँइलाई हटाइरहेका छन् । जुन दिन तपाइले आफ्नो दृष्टिलाई बुझनुहुनेछ त्यस दिन तपाइँ बन्नुहुनेछ ।
त्यस दिन तपाइले भन्नुहुनेछ–‘ गुरुले राम्रो गर्नुभयो । म जुन प्रार्थना लिएर आएको थिएँ त्यसलाई पुरा गरिदिनु भएन तर मेरो प्रार्थनालाई बदलिदिएर राम्रो गर्नुभयो ।’