पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
झापाको दमक नगरपालिका-१ रतुवा खोलामा बनाउँदै गरेको नयाँ पुल छेउमा खनेको खाल्डोमा डुबेर दुई जना बालकको मृत्यु भएको छ।
शनिबार अपराह्न समयमा खाल्डोमा जेमेको पानीमा पौडी खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
मृत्यु हुनेमा दमक नगरपालिका-१ का ९ वर्षीय आयुष उपरकोटी र पाँचथरको फाल्गुनन्द गाउँपालिका-५ घर भई हाल दमक नगपालिका-१ मा डेरा गरी बस्ने बीरबहादुर चेम्जुङका १२ वर्षीय छोरा मिसन चेम्जुङ रहेका छन्।
बालक दिउँसो पुल बनाइरहेको ठाउँमा खेल्न गएका थिए।