मेडिकल कलेजका ६ जना सुरक्षा गार्ड पक्राउ
चितवन–चितवन मेडिकल कलेजका ६ जना सुरक्षा गार्ड पक्राउ परेका छन् । शनिबार मेडिकल कलेज भित्र प्रहरीले एक थान पेस्तोल र दुई राउण्ड गोली भेटेको थियो ।
सोही घटनाको विषयमा सोधपुछका लागि भन्दै चितवन प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छैन ।
भरतपुर महानगरपालिका–५, कैलाशनगरस्थित मेडिकल कलेजको उत्तरपूर्वी कम्पाउण्डबाट शनिबार प्रहरीले वेबारिसे अवस्थामा मेड इन यूएसए लेखिएको पेस्तोल बरामद गरेको थियो ।