धरानका डिल्ली फोम्बोको ‘सुन्दरता’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

सोमबार, ९ मंसिर २०७६

काठमाडाैं– धरानका राष्ट्रिय कलाकार डिल्ली फोम्बोको ‘सुन्दरता’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतको मुख्य अभिनयमा कलाकार नरेन लिम्बू र एलिसा राईको प्रस्तुति रहेको छ ।

रेज लिम्बूको रचना र सङ्गीत रहेको गीतलाई सन्जीप राईले एरेन्ज गरेका हुन् । डिल्ली फोम्बो यस यस म्युजिक भिडियोले मायाको सुन्दर पक्ष देखाउन खोजिएको छ ।

यो गीत गाएक डिल्ली फोम्बोले गाएका हुन् । ब्रायन राईको छायाङ्कन रहेको उक्त गीतमा पुनम गुरुङको श्रृङ्गार रहेको छ । विनय कङ्शाकारले सम्पादन गरेको गीतलाई नरेन लिम्बूको निर्देशन गरेका हुन् ।