राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश ३ अध्यक्षमा चित्र मिजार निर्वाचित

सोमबार, ९ मंसिर २०७६

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश ३ भेला सम्पन्न भएको छ । भेलाले गोरखापत्रका सिन्धुपाल्चोक संवाददाता चित्र मिजारको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा कमल बिश्वकर्मा मकवानपुर, सचिवमा वसन्त परियार धादिङ, सहसचिव सरोज उपरकोटी चितवन, कोषाध्यक्षमा शर्मिला बिश्वकर्मा काठमाडौं चयन भएका छन्
भने भोजराज बिश्वकर्मा, सिताराम बयलकोटी, बिश्वास नेपाली, रामचन्द्र रम्तेल, गम्भीर बिक, संगम दर्जी, सुशिला बिक, अशोक परियार, सन्दीप सुन्दास, निर्मला नेपाली र श्याम रोक्का सदस्यमा चयन भएका छन् ।