कालापानीबारे नेपालीमा नाेट किन पठाएकाे भन्दै विश्वप्रकाशले गरे ओलीलाई प्रश्न
पोखरा –नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीले भारतको प्रधानमन्त्रीलाई जन्म दिनको शुभकामना विभिन्न भाषामा दिने तर, कालापानीको विषयमा नेपालीमा लेखेर नोट पठाएको बारे प्रश्न गरेका छन् । आगामी १४ गते हुने उपनिर्वाचनमा आफ्ना उमेद्वारलाई मत माग्न पोखरा आएका शर्माले प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा यस्तो प्रश्न गरेका हुन् ।
‘प्रतिपक्षी दलको नेताले एउटा राजदूतलाई फोन गरेर यसबारे जानकारी गराउन मिल्थ्यो र मिल्थेन भन्ने कोणबाट छलफल गर्न सकिन्छ। प्रश्न यो होइन,’ उनले भने, ‘लैनचौरबाट नजिकै रहेको परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर छलफल गरियो ? सरकारले किन गरेन? भारतको प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्म दिनको शुभकामना विभिन्न भाषामा दिन सक्नेले नेपाली भाषामा नेपालको मिडियालाई खपत गर्नको लागि कालापानीको सन्दर्भमा विज्ञप्ति आयो ।’