केन्द्रीय कार्यसमितिको बैठकले हटायो ज्ञानेन्द्र शाहीलाई

बिहिबार, १२ मंसिर २०७६

काठमाडौं– ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई कुनै पनि जिम्मेवारीमा नहरने गरी अभियानबाट निस्कासन गरेको छ । अभियानले एक वक्तव्य जारी गर्दै शाहीलाई अभियानको कुनै पनि जिम्मेवारीमा नरहने गरी निकालिएको जनाएको हो ।

बुधबार बसेको अभियानको केन्द्रीय कार्यसमितिको बैठकले शाहीलाई हटाउने निर्णय गरेको हो । अभियानले जारी गरेको वक्तव्यमा शाहीलाई हटाउनुको कुनै करण उल्लेख गरिएको छैन । तर, अभियानका प्रमुख अभियान्ता अधिवक्ता बालकृष्ण न्यौपानेले भने शाहीले गणतन्त्रको पक्षमा बोलेपछि निस्कासन गरिएको प्रतिक्रिया दिएका छन् ।