आस्थाले ल्याइन् ‘आधार भाग २’, यस्तो बन्यो ‘नाकैमा फुली’को भिडियो
उनले राजधानीमा आयोजित एक कार्यक्रमकाबिच आफ्नो दोस्रो एल्बम ‘आधार भाग २’ विमोचन गर्दै गीतको भिडियो सार्वजनिक गरेकी हुन् । सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतलाई शानले निर्देशन गरेका हुन् । गीतमा आँचल शर्मा र महेश खड्काले अभिनय गरेका छन् ।
बिहीबार आस्थाको एल्बमलाई हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह), संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा साबित्री राउतलगायतले एल्बम सार्वजनिक गरेका हुन्।
सार्वजनिक एल्बममा ‘दशै आयो तिहार आयो’, ‘कलधारा’, ‘हवाइजहाजको टिकट’, ‘सिमाना’, ‘राम साइली’, ‘नाकैमा फूलि’, ‘को छ यहाँ र झलझल गर्ने’ बोलकाे गीत रहेकाे छ ।
यी गीतमध्ये ‘को छ यहाँ ’बोलको गीतमा आस्थाकी आमा साबित्री राउतको शब्द रहेको छ । बाँकी ७ वटा गीतमा सुरेश अधिकारीले शब्द र संगीत दिएका छन् ।