नेपालका मोहनवीणा बादक सुवासचन्द्र, जो बने विश्वको चर्चित ‘मोहनवीणा’ आविष्कार पण्डित विश्वमोहन भट्टको प्रिय शिष्य
काठमाडौं– मोहनवीणा चल्तीको वाद्यवादन साधन होइन यसलाई बजाउने नेपालमा जम्मा दुई जनामात्रै छन् । तीमध्येका एक हुन्, सुवासचन्द्र । सुवासचन्द्र मोहनवीणा बजाउनुका साथै मोडलिङ पनि गर्छन् । मोहनवीणा बजाउँदै उनले ऊर्जा ब्यान्ड पनि चलाएका छन् । उनी केही वर्ष अगाडी ऊर्जा ब्यान्डलाई लिएर पाकिस्तान गएका थिए, जुन सम्झनाले सुवासचन्द्र अहिले पनि हाँस्छन् ।
इस्लामावाद विमानस्थलको इमिग्रेसनका अधिकारीले अग्ला र लामो दारी पालेका सुवासचन्द्र र अन्य सदस्य लाई संगीतकार हुन् भनेर नपत्याएपछि विमानस्थलबाट बाहिर निस्किन दिएका थिएनन् । उनीहरु त्यहाँ एउटा सांगितिक कार्यक्रम ‘लावती मेल’का लागि गएका थिए । उनीहरुलाई त्यहाँ २० वटा देशका सांगीतिक समूहको कार्यक्रमका लागि बोलाइएको थियो । तर, उनीहरुलाई इमिग्रेसनका अधिकारीले विमानस्थलबाट बाहिर जान नदिएपछि विमानस्थलमा नै बसेर साधन बजाउन थालेँ । सांगितिक साधन बज्न थालेको केही समयपछि सुवासचन्द्रहरुलाई इमिग्रेसनका अधिकारीले छोडेँ ।

कार्यक्रमपछि उनी सेलिब्रेटी भए र उनका लामो दारीको प्रशंसा धेरैले गरे, कतिले सेल्फीसमेत खिचेँ । अन्तर्राष्ट्रिय मन्चमा सुवासचन्द्र र ऊर्जा ब्यान्डले पाएको यो ख्याती यत्तिकै पाएको भने होइन । यसका लागि उनीहरुले धेरै मेहनेत गरेका छन् ।
सुवास सानैदेखि पढ्न रुचाउँथे । यसको श्रेय उनको बुबालाई जान्छ । उनको बुबा ध्यानबहादुर राउत उदार कम्युनिस्ट नेता हुनुहुन्थियो । बुबा एकदम पढन्ते हुनुहुन्थ्यो,’ उनी भन्छन्, ‘घरमा माक्र्स, लेनिन, ओशो ,चे ग्वेभराका जस्ता पुस्तकहरु हुन्थ्यो । म पनि ती पुस्तक पढ्न पाउँथे ।’अध्यात्मासम्बन्धी पुस्तकहरु पढ्दै जाँदा सुवासचन्द्रमा ओशोबारे रस पस्न थाल्यो । अनि उनी ध्यान साधनामा लाग्न थाले । त्यही क्रममा उनले ओशो तपोवनमा डेढ वर्ष बिताए ।
त्यही डेढ वर्षे बसाइले सुवासमा संगीतप्रतिको मोह ह्वात्तै बढायो । ओशो तपोवनमा चौबिसै घन्टाजस्तो संगीत बजिरहेको हुन्थ्यो । त्यसले सुवासमा पलाइसकेको संगीतको मोहलाई झन् परिस्कृत गरिदियो । त्यसपछि उनले मोहनवीणा सिक्ने योजना बनाए । सबैभन्दा पहिला भारतको पण्डित विश्वमोहन भट्टले ‘मोहनवीणा’ बजाउँन सुरु गरेका थिए । सन् १९९३ मा ग्रामी अवार्डसमेत जितेका विश्वमोहनले गितार र सितारलाई फ्युजन गराएर ‘मोहनवीणा’ बनाएका थिए ।

सुवासचन्द्रको ब्यान्डको सदस्य रोशनले मोहनवीणा बजाउने गरेका थिए । विश्वमोहनको ‘मोहनवीणा’ बजाएको भिडियो युटुबबाट हेर्ने थालेपछि उनी उक्त भिडियोबाट प्रेरित भई उनी ‘मोहनवीणा’ बजाउन सिक्न भारत जान तयार भए । सुवास भारत पुगेँ । उनीलाई भारत लाने उनकै प्रिय दाईं रोशन शर्मा थिए । उनीसँगै सिक्न जाने आउने गर्थेँ ।
कलकत्तामा विश्वमोहन भट्टलाई सुवासले स्टुडियोमा नै भेटे । त्यही दिन सुवासले मोहनवीणा किने र विश्वमोहनको अटोग्राफ पनि लिए । उनले विश्वमोहनसँग ‘मोहनवीणा’ बजाउन सिक्छु भन्दा वास्ता नगरेको जस्तोगरि हुन्छ म सिकाउँला भनेर जवाफ दिएका थिए । सुवास भन्छन्, ‘मैले कपाल र लामो दारी पालेको थिएँ, कानमा कुन्डन लगाएको थिएँ, सायद त्यही भएर गुरुले मलाई वास्ता गर्नुभएन । मैले संगीत सिक्छु भन्ने उहाँले सोच्नु नै भएन होला ।’ सुवासले चाहिँ त्यहाँ सिकेको कुरा नेपालमा आएर पनि अभ्यास गरिरहे, त्यसमा नै लागिरहे । अनि भिडियो बनाएर गुरुलाई पठाउन थाले ।’
निरन्तर लगाव देखेपछि पन्डित विश्वमोहनले सुवासलाई नयाँ क्लासमा आउनको लागी सन्देश पठाए । सुवास हतारिँदै कलकत्ता पुगे । सुवासले भने, ‘मेरा लागि यसपटक गुरुले बोलाउनु ठूलो अवसर थियो, ठूलो मौका थियो, ‘म उत्साहित हुँदै गएँ ।’ यसपटक केही समय मोहनवीणा सिकेर सुवास नेपाल फर्किए विस्तारै सुवासलाई आफ्ना कामहरुप्रति वैराग लाग्न थाल्यो । उनी संगीतभन्दा पनि धेरै अन्य कामहरुमा तल्लीन हुन थाले । ‘मनमा संगीतमा लाग्नुपर्छ भन्ने थियो,’ सुवासले भने, ‘तर, धेरै कामहरु गरिरहेकाले सकिरहेको थिइनँ ।’
तर, मनमा नै वितृष्णा उत्पन्न हुन थालेपछि एक दिन सुवासले संकल्प गरे– अब म संगीतमा मात्र लाग्छु । यसका लागि उनले केही साथीहरुसँग सल्लाह पनि गरे । सुवासलाई उनीले गूरू आमा मान्ने एलिजा तुलाधरले मुम्बई गएर संगीत सिक्न सल्लाह दिए । सुवासले आफू फेरि भारत आउन लागेको कुरा गुरु विश्वमोहनलाई भने ।
विश्वमोहनले सुवासको ह्वाट्सयापमा तुरुन्त रिप्लाइ गरे, ‘आयुष शर्मासँग भेट्नु र उनीसँग संगीत साधना पनि गर्नू ।’सुवास मुम्बई पुगे । १६ घन्टासम्म संगीत साधनामा लागे । पछि आयुषसँग बसिरहेका सुवासलाई भेट्न विश्वमोहन आइपुगे । ‘गुरु पहिले कार्यक्रमका लागि बाहिर जानुभएको थियो,’ सुवास त्यतिबेलाको क्षण सम्झिन्छन्, ‘मैले गरेको साधना देखेर गुरु निकै खुसी हुनुभयो । उहाँले मलाई र आयुष गुरुलाई निकै धेरै प्रशंसा गर्नुभयो ।’

उनी भन्छन्, ‘म भारत सबै काम छोडेर गएको थिए ‘मोहनबिणा’ सिक्न जसमा गूरूले यो बहादुरको तारिफ़ गर्नुभयो र आफ्नो प्रिय चेला बनाएर सँगै हिँडाउनु भयो । त्यसैक्रममा सुवासले अभिनेता अमिताभ बच्चन, बाँसुरी बादक पन्डित हरी प्रसाद चौरासिया ,गायिका लता मंगेस्करलगायतलाई भेट्न पाए ।
उनी भन्छन् म आज सम्म उहाँको आशिर्बादको चरण स्पर्शले संगितको जीवन पाएको छु । ‘अहिले त त्यो सपना हो कि जस्तो पो लाग्छ,’ सुवास भन्छन्, ‘अझै पनि म काम गरिरहेको छु, संगीतमा नै लागिरहेको छु ।’
अझै पनि साधाना प्रत्येक दिन १३ घन्टा गरिरहेको छु , सुवासचन्द्र भन्छन्, ‘ एल्बम निकाल्न हतार छैन किनभने प्रथम म आफ्नै आत्मालाई आनन्दित बनाउछु । संगीत प्रेमिलाई ५ बर्ष भित्र केही नयाँ उपहार दिन्छु । यही काम मा दतचित्त भएर लागिरहेको छु ।’अहिले पनि उनी आफ्नो गुरु पन्डित विश्वमोहनसँग सम्पर्कमा रहिरहन्छन् ।