मिरा गिरीको ‘अमिलो अम्चुर’मा सुनिल र ऋचा
काठमाडौँ – लोक गायिका मिरा गिरीको नयाँ कोसेली गीत ‘अमिलो अम्चुर’ बिमोचन गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका नवनिर्वाचित अध्यक्ष रमेश बिजिले शुक्रबार उक्त गीतको भिडियो बिमोचन गरेका हुन ।
अध्यक्ष बिजीकै शब्द रचना रहेको गीतमा गायिका गिरी र गायक नेत्र भण्डारीको युगल आवाजमा रहेको छ भने धुर्वराज धिताल, प्रेमा राना मगर र रुपी सिंजाली मगरले ग्रुप आवाजमा उनीहरुलाई साथ दिएका छन् । धुर्वराज धितालकै संगीत रहेको गीत कृष्ण बिकले संगीत संयोजन गरेका हुन् । मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा सुनिल छेत्रीको निर्देशन रहेको छ भने नवराज उप्रेतीले खिचेका छन् ।
त्यस्तै भिडियोमा निर्देशक सुनिल छेत्री र नायिका ऋचा थापाको अभिनय छ । अमृत चापागाईले सम्पादन गरेको भिडियो गायिका मिरा गिरीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीत विमोचन समारोहमा प्रमुख अतिथि रमेश बिजी, विशिष्ठ अतिथि चन्द्र शर्मा, संगीतकर्मी पृथ्वी थकाली लगायत विभिन्न कलाकर्मीहरु र धेरै पत्रकारहरुको सहभागिता रहेको थियो ।