डोटीको आदर्श गाउँपालिका २ मा नेकपाका उम्मेदवार रामबहादुर बोहरा विजयी

आइतबार, १५ मंसिर २०७६

 

काठमाडौं – डोटीको आदर्श गाउँपालिका – २ मा कडा प्रतिस्पर्धाका साथ नेकपाका रामबहादुर बोहरा विजयी भएका छन्। उनी ६ सय ६८ ल्याएर विजयी भएका हुन्। नेपाली कांग्रेसका महादेव साउदले ६ सय ५६ मत प्राप्त गरेका छन्। उनीहरुबीच थोरै मात्र मतान्तर भएको छ ।

राप्रपाका कासिराम ओझाले १५ र स्वतन्त्र उम्मेदवार भूमिसिंह खड्काले १ सय ९१ मत प्राप्त गरेका छन्। शनिबार भएको मतदानमा १५९० मत खसेको मुख्य निर्वाचन अधिकृत दलबहादुर मलासीले जानकारी दिए। जसमध्ये ६० मत बदर भएको उनले बताए ।

तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको २०७५ जेठ १५ गते सवारी दुर्घटनामा परी मुत्यु भएपछि उक्त पद रिक्त रहेको थियो।