यस्तो गेटअपमा ‘चपली हाइट ३’ मा इन्ट्री भए अर्पण

सोमबार, १६ मंसिर २०७६

निकेश खड्काले निर्देशन गरिरहेको फिल्म ‘चपली हाइट ३’ मा अभिनेता अर्पण थापा पनि अनुबन्ध भएका छन् । फिल्मका निर्माता अर्जुन कुमारले यसबारेमा जानकारी दिएका छन् ।यतिबेला छायांकनको क्रममा रहेको फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश गौतम, आमिर गौतम लगायतका कलाकारको शीर्ष भूमिका देख्न सकिनेछ ।अर्पणको भूमिका भने खलनायकको भएको उनको गेटअपबाट अनुमान गर्न सकिन्छ ।यसै वर्षको चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मलाई पुरुषोत्तम प्रधानले क्यामेरामा उतारिरहेका छन् ।यसअघि फिल्मका दुई भाग प्रदर्शन भइसकेका छन् । पहिलो भाग व्यावसायिक रुपमा सफल भए पनि दोस्रो भाग भने खासै सफल बन्न सकेन ।