प्रेरक प्रसंगः परमात्मालाई जान्नका लागि क्राइस्टले निकोडेमसलाई अर्को जन्म लिन आदेश
काठमाडाैं–क्राइस्टसँग निकोडेमस नाम गरेका एक युवकले एक रातआएर भने–‘म परमात्मालाई जान्न चाहन्छु ।’
क्राइस्टले उनलाई तलदेखि माथिसम्म हेरेपछि भने–‘ परमात्मालाई जान्नु भन्दा पहिला तिमीले अर्को जन्म ग्रहण गर्नुपर्नेछ । तिमीले फेरि जन्म लिनुपर्नेछ ।’
निकोडेमसले सायद फेरि जन्मलिनुको मतलब बुझेनन् । उनले सोधे–‘ के मरेपछि मैले परमात्मालाई जान्न सक्नेछु ।’
क्राइस्टले भने–‘ होइन ! मैले भन्नखोजेको अर्थ त्यो होइन । तिमी जस्तो अवस्थामा छौं त्यसबाट परमात्मालाई जान्न सकिँदैन । तिमीले एक नयाँ मानिस बन्नुपर्छ । नयाँ मानिस बन्नुको अर्थ हुन्छ– मेरो ध्यानको धारा या मेरो बोधको जुनप्रवाह छ, मेरो चेतनाको जुनअनुभव छ, मेरो स्मृति र मेरो ज्ञान जसतर्फ बढिरहेको छ त्यसतर्फ नबगेर जहा आत्मा छ, जहाँ मेरो सत्ता छ त्यसतर्फ बग्न थाल्छ । त्यसबेला म नयाँ मानिस बन्नेछु ।’
यसका लागि प्यास अनिवार्य पर्छ । प्यास कसैले दिन सक्दैन । पानी त जसले पनि दिन सक्छ तर प्यास कसैले पनि दिन सक्दैन । प्यास यदि छैन भने पानी बेकार हुन्छ । यहाँ बुद्ध भए, महावीर जन्मिए, रामआए, क्राइस्ट आए, कृष्ण आए, मोहम्मदआए । हजारौं मानिसहरुको भीडँबाट उनीहरु बढे । जसलाई प्यास थियो केवल तिनैले भित्रभएको पानीलाई चिन्न सके । जसको भित्र प्यास थिएन । उनीहरु अपरिचित रहे । प्यास अन्यव्यक्तिले उत्पन्न गर्न सक्दैन, आफैंले उत्पन्न गर्नुपर्छ ।