फिल्म ‘झिंगे दाउ’ मा आँचलको फस्ट लुक

मंगलबार, १७ मंसिर २०७६

काठमाडौं – फिल्म ‘झिंगे दाउ’ बाट आँचलको फस्ट लुक सार्वजनिक भएको छ । तस्वीरमा आँचल फरक लूकमा देखिएकी छिन् । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो फिल्मको छायांकन खोटाङको हलेसीमा भएको थियो । फिल्मको केही दृश्यको शूटिङ भकुण्डे बेसीमा खिचिएको छ ।

सार्वजनिक भएका तस्वीरमा आँचललाई धेरै नै फरक लुकमा देख्न सकिन्छ । प्रायः आँचल शहरीया भूमिकामा देख्ने गरेकी थिइन् । डोको र हँसिया बोकेकी विवाहित महिलाको भूमिकामा आँचललाई देख्न सकिन्छ । फिल्ममा उनको जोडी रुपमा मुकुन भुसाललाई देख्न सकिन्छ ।

यस्तै फिल्ममा केकी अधिकारीको पनि मुख्य भूमिका रहनेछ । त्यसैगरि उनी पनि गाँउले महिलाको भूमिकामै देखिनेछिन् । फिल्मलाई निर्देशक देउजाले निर्माण गरेका हुन् भने प्रदीप भारद्वाजले कथा लेखेका हुन् । एक जुवाखालमा हुने घटनापछि घटित हुने कथालाई फिल्ममा देखाउन खोजिएको छ ।