नविनले दिलायो नेपाललाई कराँतेमा स्वर्ण

मंगलबार, १७ मंसिर २०७६

काठमाडौं– कराँतेको कुमुतेमा नेपालले अर्को स्वर्ण जितेको छ ।

६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका नवीन रसाइलीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।

मंगलबार भएको फाइनल राउण्डमा उनले पाकिस्तानका अहमेद नासिसलाई ८–६ को स्कोरमा हराए ।