प्रेरक प्रसंगः एक युवक सबै कुरा छोडेर गुरु भएको ठाउँमा सन्यासी बन्न जाँदा
काठमाडौं–सन्यासी बन्ने सोचमा एक युवक गुरु भएको ठाउँमा गयो । गुरु एक निर्जन मन्दिरमा बस्थे । ऊ त्यहीँ पुग्यो ।
गुरुले तलदेखि माथिसम्म हेर्दै ऊसित भने–‘ तिमी यहाँ किन आएका हौं ।’
युवकले भन्यो–‘ म सबै कुरा छाडेर परमात्मालाई खोज्न तपाइँको शरणमा आएको हुँ ।’
गुरुले आग्रह गरे–‘ तिमीले जुन भीड बोकेर आएका छौ पहिला त्यसलाई बाहिरै छोडिदेउ ।’
युवकले तर्सिदै आफ्नो चारैतिर हेर्यो । त्यहाँ उसले कसैलाई देखेन । त्यहाँ त भीडको नामोनिशान थिएन । ऊ एक्लै उभिएको थियो त्यहाँ ।
उसले गुरुमाथि शंका व्यक्त गर्यो –‘ तपाइँ कस्तो अर्थ न बर्थको कुरा गर्दै हुनुहुन्छ ? म त यहाँ विलकुलै एक्लै छु । मलाइ त म कुनै पागल भएको ठाउँमा आएको छु भन्ने शंका लाग्यो ।’
गुरुले भने–‘ आँखा बन्द गरेर हेर अनि थाहा हुन्छ त्यहाँ कति भीड छ भनेर ।’
यसले आँखा बन्द गर्यो । पत्नीलाई रोइरहेको अवस्थामा छाडेर आएको सम्झयो । बिदा मागरे आएका साथाीहरुलाई देख्यो । बजार पसल आदि ऊसँग सम्बन्धित सबै चीजहरु देख्यो । बल्ल उसले आफुसँगै भीड आएको छ भन्ने बुझयो ।
ध्यानमा तपाइँ बिलकुलै एक्लो बन्नुहुन्छ । आफैंसँग रहनुहुन्छ । त्यसबेला भीड रहँदैन ।