विपिनको फिल्म‘सेल्फी किङ्क’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

बुधबार, १८ मंसिर २०७६

काठमाडौं – फिल्म ‘सेल्फी किङ’ को टिजर सार्वजनिक गरिएको छ । यस ट्रेलरमा उनी एक मुख्य पात्रको अभिनयमा देखिएको छ । एक राष्ट्रिय कलाकारको जीवनमा आइपरेको उतारचढावलाई कथामा प्रस्तुत गरिएको फिल्ममा निर्देशक सापकोटाकै स्किृप्ट रहेको छ ।

यस फिल्ममा सुसन प्रजापतिको छायांकन तथा जीवन थापाको सम्पादन रहेको छ । फिल्मलाई सुभाष थापा र दिनेश राउतले निर्माण गरेका हुन् भने निर्देशन विशाल सापकोटाले गरेका हुन् ।

यस्तै फिल्ममा विपिनका बाहेक भुवन चन्द, अभय बराल, लक्ष्मी बर्देवा, लोकमणि नेपाल, जीवन भट्टराई लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । यो फिल्म आउँदो माघ २४ मा नेपालभर रिलिज हुँदैछ ।