कराँतेमा अनुपमाले दिलाइन् नेपाललाइ फेरि स्वर्ण

बुधबार, १८ मंसिर २०७६

काठमाडौं–कराँते खेलाडी अनुपमा मगरले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी छन् ।

बुधबार ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले पाकिस्तानी खेलाडीलाई ६–३ को सेटमा पराजित गरिन् ।

मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २५ पुर्‍याएको छ ।

अहिले १३ औं साग प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरू जारी छन् ।