काठमाडौंको धुलो निर्मूल पार्न राज्यमन्त्रीको दाबी
काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एक महिनाभित्र काठमाडौं उपत्यकामा धुलो नियन्त्रण पार्ने दावी गरेका छन् ।
आज काठमाडौंको बालाजु बाइसधारामा स्थानीयको सम्मान ग्रहण गर्दै राज्यमन्धी मानन्धरले एक महिनाभित्रै धुलो नियन्त्रण गर्ने र सबै निकायसँग समन्वय गरेर काठमाडौंका सडकको अवस्था सुधार गर्ने बताएका हुन् ।
उनले खानेपानी, सडक विभाग, विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायत विभिन्न ८ वटा सरकारी निकायबीच समन्वय गराएर उपत्यकाको सडकको अवस्थामा एक महिनाभित्रै सुधार गर्ने प्रतिवद्धता जनाए ।
राज्यमन्त्री मानन्धरले सरकारले निर्माणाधीन विभिन्न आयोजनालाई तोकिएको समयमै पूरा गर्न ठेकेदार कम्पनीलाई ताकेता गरिएको बताए ।