विप्लवका युवा सचिव पक्राउ

बिहिबार, १९ मंसिर २०७६

बागलुङ–नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भन्ने सहल सुनार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरिएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

सुनारको साथबाट विप्लव नेकपासम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको उनले बताए । प्रहरी उपरीक्षक नवराज भट्टले भने, ‘पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।’ सुनार गलकोट नगरपालिका–४ भयरखर्कका बासिन्दा भएको बताइएको छ ।