२० वर्षअघिको कीर्तिमान सागमा नेपालले बराबरी गर्यो
सन् १९९९ मा नेपालमै आयोजना भएको सागमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो। त्यो नै नेपालले सागको एकै संस्करणमा जितेको बढी स्वर्ण हो। त्यतिबेला नेपालले कराते र तेक्वान्दोबाट १४-१४ स्वर्ण भित्र्याएको थियो भने बक्सिङबाट २ र पौडीबाट १ स्वर्ण पदक जितेको थियो। नेपालमै जारी १३औं सागमा पनि नेपालले स्वर्ण संख्या ३१ पुर्याएको छ।
बिहीबार नेपालले साइक्लिङको क्रसकन्ट्रीमा स्वर्ण जितेसँगै २० वर्षअघिको कीर्तिमान बनाएको हो।