फेरि घट्यो सुनको मूल्य
काठमाडौं– शुक्रबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।
बिहीबार प्रतितोला ७२ हजार बिक्री भएको सुन साताको अन्तिम दिन शुक्रबार ७१ हजार ७ सय रुपैयाँमा बिक्री वितरण भइरहको छ ।
बिहीबार प्रतितोला ७१ हजार सात सय रुपैयाँमा बिक्री भएको तेजावी सुन प्रतितोला शुक्रबार ७१ हजार ४सय रुपैयाँ कारोबार भइरहेको हो ।
त्यस्तै चाँदी भने सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिए ।