खेल्दाखेल्दै नेपाली फुटबल खेलाडीको निधन
नेपाली फुट्सल खेलाडी कर्फु रसाइलीको निधन भएको छ । शनिबार फुटसल खेलेपछि उनको हृदयघातको कारण निधन भएको हो ।अखिल नेपाल फुटबल संघ (एन्फा)का उत्पादन रहेका उनले ए डिभिजन तथा बी डिभिजनका लिगहरु समेत खेलेका थिए । पछिल्लो समय फुट्सल खेल्दै आएका उनले शनिबार एक प्रतियोगिताको क्वाटरफाइनलको खेल खेलेपछि उनलाई हृदयघात भएको थियो त्यसपछि उनी मैदानमा ढलेका थिए ।
खेलपछि अन्य खेलको अवलोकन गरिरहेको अवस्थामा कर्फुले आफूलाई असहज महशुस भएको बताएका थिए । अरुले उनलाई अस्पताल जान सुझाए पनि उनी जान नमानेपछि उनी ढलेका थिए । त्यसपछि भने उनलाई अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउँदासम्म उनको ज्यान गइसकेको बताइएको छ ।कर्फुले उमेर समूहबाट केही अन्तर्राष्ट्रिय खेल समेत खेलेका थिए ।