साग पुरुष क्रिकेटको स्वर्ण श्रीलंकालाई
१३औँ दक्षिण एसियाली खेलकुद ९साग० को पुरुष क्रिकेटको स्वर्ण पदक श्रीलंकाले जितेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पुरुष क्रिकेटमा श्रीलंकाले बंगलादेशलाई ९ विकेटले हराउँदै स्वर्ण पदक हात पारेको हो।
आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर फिल्डिङ रोजेको श्रीलंका यू–२३ टिमले बंगादेश यू–२३ लाई १५० रनमा रोक्यो। बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५० रन बनाएको हो। १५१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १६ १ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो।
श्रीलंकाका लागि लासिथ क्रुसपुल र ओपनर पाथम निसंकाले अर्धशतक बनाए। विष्फोटक ब्याटिङ गरेका लासिथले ४१ बलको सामना गर्दै ७३ रन जोडे। उनले ४ छक्का र ७ चौका हिर्काए। त्यस्तै पाथम निसंकाले ६७ रनको योगदान गरे।
बंलादेशका लागि एक मात्र विकेट मेहेदी हसन रानाले लिए। उनले ओपनर निशान मदुष्कालाई क्याच आउट गराए।
यसअघि ब्याटिङ गरेको बंगलादेशका लागि यासिर अलीले सर्वाधिक ५१ रन जोडे। त्यस्तै महिदुल स्लाम अंकनले ४४ र जाकिर हसनले २० रन जोड्न बाहेक अन्य ब्याट्स्म्यानले दोहोरो अंकको योगफल तयार पार्न सकेनन्।
बंगलादेशलाई मध्यम योगफलमा समेट्न श्रीलंकाका आशिथ फर्नान्डोले २ विकेट लिए। त्यस्तै कभिष्का अन्जुला, जेहान ड्यानिएल र शम्मु असनको नाममा १र१ विकेट रह्यो।