लिपुलेक नजिकै अखिल क्रान्तिकारी भब्य प्रदर्शन (भिडियो सहित)
डडेल्धुरा – नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले डडेल्धुरामा भब्य प्रदर्शन गरेको छ । भारतीय हत्क्षप र सिमा अतिक्रमणका विरुद्धमा अखिल क्रान्तिकारीले विरोध र्यालीको आयोजना गरेको हो ।
अखिल (क्रान्तिकारी) डडेल्धुरा जिल्ला कमिटिले आलितालमा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई जम्मा गरेर प्रदर्शन गरेको हो । सहभागी विद्यार्थीहरुले भारतीय विस्तारबादको विरुद्धमा नारा लगाएका थिए । कालापानी लगायत नेपालको भुमिमाथि भारतले अतिक्रमण गरेपछि विप्लव निकट विद्यार्थीहरु आन्दोलित छन् ।
र्याली पछि आयोजना गरिएको कोणसभालाई अखिल क्रान्तिकारीका डडेल्धुरा अध्यक्ष शंकर खातीले सम्बोधन गरेका थिए । उनले सम्बोधन गर्दै सिमा रक्षाका लागि बलिदान दिन आफूहरु तयार रहेको बताएका थिए ।